कोशी


सप्तकोसीमा नुहाउने क्रममा २ बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर परिचालन

सप्तकोसीमा नुहाउने क्रममा २ बेपत्ता, सशस्त्र प्रहरीको गोताखोर परिचालन

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ११:५६, सुनसरी

सप्ताकोसीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ।

सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान ८ बजेतिर बराह क्षेत्र मन्दिर छेउको नदिमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका-४ बस्ने ४० वर्षीय नवराज बास्तोला र इटहरी नगरपालिका-१६ बस्ने १६ वर्षीय जेनिश आचार्य डुवेर बेपत्ता भएका थिए।

घटनापछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएर खोजी गरिएको थियो।

तर,  फेला नपरेपछी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad