म्यानमारमा शनिबार फेरि भूकम्प गएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो ३:३० बजे (स्थानीय समय) ५.१ म्याग्निच्युडको भूकम्प गएको हो। योसँगै म्यानमारमा २ दिनभित्र ५ म्याग्निच्युडभन्दा बढी तीव्रताका तीन भूकम्प गएका छन्।
शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारमा ठूलो विनाश भएको छ। मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले गरेको छ। शुक्रबार म्यानमारमा गएको भूकम्पको धक्का थाइल्यान्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पले म्यानमारमा मृत्यु हुनेको संख्या १६४४ पुगेको छ भने ३,४०८ भन्दा बढी घाइते भएका छन्। यस्तै थाइल्यान्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। जसमा १० जनाको मृत्यु भएको छ।
ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्यान्डमा आपत्काल घोषणा गरिएको छ।
Shares

प्रतिक्रिया