कोशी


राजावादीको विराटनगरमा शक्ति प्रदर्शन, राजा ल्याउने नेताहरूको दाबी

राजावादीको विराटनगरमा शक्ति प्रदर्शन, राजा ल्याउने नेताहरूको दाबी

नेपालखबर
चैत १३, २०८१ बुधबार २०:१, विराटनगर

राजावादी तथा हिन्दुवादीहरूले विराटनगरमा शक्ति प्रदर्शन गरेका छन्। बुधवार दिउँसो राजावादी समर्थित पार्टीहरू सहित स्वतन्त्र हिन्दुवादीहरूले संयुक्त रूपमा विराटनगरमा मोटरसाइकल र्‍याली सहितको प्रदर्शन गरेका हुन्। विराटनगरको पुष्पलाल चोकबाट निस्किएको मोटरसाइकल र्‍याली कञ्चनवारी चोकमा पुगेर सम्पन्न भएको थियो।  

कञ्चनवारी चौकमा आयोजित  कार्यक्रममालाई सम्बोधन गर्दै  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले राजा सहित प्रजातन्त्रको पुर्नवहाली भएरै छाड्ने दाबी गरे। उनले सत्ता सञ्चालन गरिरहेका राजनैतिक दलका नेताहरूलाई बङ्गलादेश र श्रीलङ्काको जस्तै जनताले देश निकाला गर्न सक्ने चेतावनी दिए।

जनताको बलमा राजा सहित प्रजातन्त्र ल्याउने गरी ब्यवस्था नै परिवर्तन गरेर देखाइदिने बताए।   

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय प्रवक्ता सगुन लावतीले सामान्य रोजीरोटीको लागि विदेश जानु पर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको भन्दै  गणतन्त्रको उपलब्धि स्पष्ट नभएको आरोप लगाए।  

कार्यक्रममा सहभागीहरूले राजसंस्था प्रजातन्त्र र हिदुराष्ट अहिलेको मुख्य माग भएको बताएका छन्। उनीहरूले अहिलेको सरकारको विरुद्ध चर्का  नारा लगाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री धवल शमशेर जबरा र प्रह्लादप्रसाद शाह, केन्द्रीय प्रवक्ता सगुन लावती, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहाल लगायतले अहिलेको व्यवस्थाको विकल्प राजसंस्था सहितको प्रजातन्त्र हुने बताए।   

र्‍याली राप्रपाहरूको जस्तो देखिए पनि अभियानमा राजा ल्याउनु पर्छ भन्ने भन्ने सबै खालका नागरिक सहभागी थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad