समाज


पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको हेटौँडाबाट उद्धार, फिरौती माग्ने महिला पक्राउ

पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको हेटौँडाबाट उद्धार, फिरौती माग्ने महिला पक्राउ

नेपालखबर
चैत १३, २०८१ बुधबार १९:४८, काठमाडौँ

कास्कीको पोखराबाट अमेरिकन महिलालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीया सरिता लामा रहेकी छन्।

उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी पुर्‍याएर ३३ लाख युरो फिरोती माग गरेको जिल्ला प्रहरी कार्र्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए।

अमेरिकन महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी काार्यालय मकवानपुरको सहयोगमा सकुशल उद्धार गरेको पनि जिसीले बताए। अमेरिकन नागरिक मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी थिइन्। 

उनी त्यसअघि पोखराको एक होटलमा बसेको अवस्थामा सरिताले अपहरण गरेर फिरौती माग गरेको भन्दै नेपालस्थित अमेरिकन दूतावासले मंगलबार प्रहरीलाई जानकारी गराएको थियो। 

त्यसपछि अनुसन्धान थालेको प्रहरीले आरोपिलाई तत्काल पक्राउ गर्न सफल भएको हो। सरितालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad