कोशी


सकियो तीनदिने इज्तमा, ७२ हजारमा ४७ हजार भारतीय सहभागी

सकियो तीनदिने इज्तमा, ७२ हजारमा ४७ हजार भारतीय सहभागी

नेपालखबर
माघ ३०, २०८१ बुधबार १७:५४, विराटनगर

मोरङको सुनवर्सी नगरपालिका ८ सिक्टीमा भएको इज्तमा (धार्मिक सभा) सम्पन्न भएको छ। माघ २८ गतेदेखि सुरु  इस्लाम धर्मावलम्वीहरुको इज्तमा आज सम्पन्न भएको हो। 

करिब ७२ हजार इस्लाम धर्मावलम्बीहरू धर्म सभामा सामेल भएर फर्किएका छन्। ४७ हजार भारती मुस्लिम र बाँकी २५ हजार नेपालको झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीका इस्लाम धर्मावलम्बीले सभामा भाग लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। 

प्रशासनले इज्तमा सञ्चालन गर्न दिने बारेमा धेरै पटक छलफल गरेको थियो।  धेरै भारतीय नागरिकको सहभागिता हुने भएको थाहा पाएको प्रहरी प्रशासनले भारत तर्फबाट नेपाल प्रवेश गर्नेहरूको भारतीय सीमा सुरक्षा बल एसएसबीले तथ्याङ्क राखेर मात्रै नेपाल प्रवेश गराएको थियो। 

नेपाल र भारत दुवै तर्फको चेकजाँच तथ्याङ्क राखेपछि उनीहरूलाई कार्यक्रममा सहभागी गराइएको थियो।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सहभागिताको कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने आयोजक समिति, जिल्लास्थित राजनीतिक दलहरू, प्रतिनिधि सभार÷प्रदेश सभाका सदस्य, स्थानीय तहका जनप्रतिनिधि, भारतीय समकक्षी सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad