प्रतिनिधि सभाकासभाका सभामुख देवराज घिमिरेले झापा आन्दोलनलाई कसैले भुल्न नसक्ने बताएका छन्। जीवन घिमिरेद्वारा लिखित पुस्तक ‘कमरेड हिजो र आज’ कृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै हिजोको इतिहासबाट सिकेर वर्तमानमा त्यसबाट सरकारहरूले धेरै गर्नु पर्ने अवस्था रहेको बताए।
साहित्यको संरक्षण गर्नु पर्नेमा जोड दिए। राजनीतिले हिजोको कुरालाई भुल्न नहुने भन्दै, इतिहासको संरक्षण गर्न पालिका, प्रदेश र संघीय सरकारले काम गर्न सुझाव दिए। नेकपा एमालेका नेता जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सम्मानित गरिएको छ। पुस्तकका मुख्य पात्रहरूलाई जनही र अन्य पात्रहरूलाई सामूहिक रूपमा सम्मान गरिएको हो।
विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर–१ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाललाई विशेष सम्मान गरिएको छ। त्यस्तै कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरेलाई पनि सम्मान गरेको छ।
एमाले उपाध्यक्ष शाक्य काठमाडौमा धनी परिवारमा जन्मिएर पनि तत्कालीन निरङ्कुशता विरुद्ध लडेको र उनको प्रेरणाबाट नेपाली महिलाहरू आन्दोलनमा होमिएको ०४६ सालमा नेकपा माले झापा अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएको स्मरणमा सम्मान गरिएको लेखक घिमिरेले बताए।
विराटनगर १ की रिमालको घरमा ०४६ को आन्दोलन सफल बनाउन जननेता मदन भण्डारी नेतृत्वमा नेपाली कांग्रेस र एमालेबिच सहमति भएको थियो। सोही अवसरको स्मरणमा उनलाई सम्मान गरिएको हो। ०४६ अघि कांग्रेस र एमालेबिच कुनै पनि विषयमा सहमति हुँदैनथ्यो।
त्यसैगरि तत्कालीन नेकपा कोर्डिनेसन कमिटी गठन गरिएको थियो। सो कमिटीका भोलेन्टियरमा देवकोटा थिए। जनआन्दोलनका समयको संकल्प गीति अभियानका अभियन्ता सुनसरी धरानका हर्क चुम्वे, ०४६ जनआन्दोलनमा नेपाली कांग्रेसका संयोजक रिजाललाई सम्मान गरिने भएको हो।
पार्टी राजनीतिकसँग जोडिएका घटनाहरू, सो घटनामा संलग्न करिब ४ सय पात्रहरूका विषयहरू पुस्तकमा समेटिएको लेखक घिमिरेले बताए। उनकाअनुसार ‘कमरेड हिजो र आज’ स्रोत पुस्तकको हो।
२०३६–०४६ आन्दोलनका समयका पात्रहरूका बारेमा थेसिस गर्न चाहनेहरूका लागि पुस्तक उपयोगी स्रोत हुने घिमिरेको भनाई छ।
Shares

प्रतिक्रिया