मोरङ प्रहरीले अदालतले दोषी ठहर गरेका ३४५ जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले अदालतबाट दोषी ठहर भई फरार कैद तथा सजाय भुक्तान नगरी फरार रहेकाहरूलाई नियन्त्रणमा लिएर अदालतलाई बुझाएको हो।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको छ महिनाको अवधिमा जिल्लामा ३४५ जना फरार रहेका व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले पुस महिनामा मात्र १५५ जना फरार रहेका व्यक्ति नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवम् प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।
डीएसपी जोशीका अनुसार मङ्सिरमा ८३, कात्तिकमा ६३, असोजमा १८, भदौमा १९ र साउनमा ८ जना पक्राउ परेका छन्। पक्राउ परेका फरार प्रतिवादीबाट १०१ वर्ष ७ महिना ५ दिन कैद र ४८ लाख ५१ हजार ३८ रुपैयाँ जरिवाना असुल भएको छ।
Shares

प्रतिक्रिया