झापाको शिवसताक्षीमा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा निर्वाचनमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन्।
उनी सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। बोखिमले अध्यक्ष ७२४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक दीपक न्यौपानेले जानकारी दिए। निर्वाचनमा अध्यक्ष पदका दावेदार उदयप्रकाश राईले ३६९ र भोजकुमारी नेपालले २०४ मत प्राप्त गरेका थिए।
त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद खरेलले ८७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उपाध्यक्ष कै अर्का उम्मेद्वार मोहन पौडेलले २८८ मत प्राप्त गरेका थिए। सचिव पदमा कालीप्रसाद रिजालले ७९६ का साथ निर्वाचित भए भने, अर्का उम्मेद्वार मोहन राईले ४४० मत प्राप्त गरे।
सहसचिवमा डिकबहादुर बुढाथोकी ७३४ मत प्राप्त गरी विजयी भएका छन्। सोही पदका अन्य उम्मेदवार भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारले ३३१ मत प्राप्त गरेका छन्।
त्यसैगरी कोषाध्यक्षमा झमक बहादुर गौतम विजयी भएका छन्। गौतमले ६९३ पाउँदा सोही पदका अर्का उम्मेद्वार भीमबहादुर कार्कीले ४७९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
खुल्ला सदस्यहरुमा कुवेरनाथ लुईटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बास्तोला विजयी भएका छन्। त्यस्तै महिला सदस्यमा खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन्।
कुल १९०९ मतदाता रहेकोमा निर्वाचनमा १३१३ मत खसेको थियो। महाभारतकालीन किंंवदन्ती बोकेको सताक्षीधाम झापाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो।
Shares

प्रतिक्रिया