राजनीति


माओवादी अहिले नै सरकारमा जाने पक्षमा छैनः प्रचण्ड

माओवादी अहिले नै सरकारमा जाने पक्षमा छैनः प्रचण्ड

नेपालखबर
माघ १, २०८१ मंगलबार १२:३०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्। 

मंगलबार बिहान प्रेस सेन्टर सिन्धुपाल्चोकले सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी केन्द्र अहिले सरकारमा जाने विचारमा नरहेको दाबी पनि गरे। 

‘हाम्रो पार्टी सरकार गिराउने पक्षमा छैन। अहिले नै सरकारमा जाने पक्षमा छैन’, उनले भने, ‘हामी संगठन सुदृढीकरणमा लागेका छौँ। जनतामा जान सहज महसुस गरेको छु।’

तर पनि यो सरकार रहिरहोस् भन्ने चाहना नरहेको बताउँदै प्रचण्डले सरकार आफैँ ढल्ने अवस्थामा पुगिसकेको दाबी गरे।  

‘घटनाक्रमले यसको आयु लामो छ जस्तो लाग्दैन। कांग्रेस संस्थापनका नेताहरुको असन्तुष्टि बाहिर आएको छ। हामी गम्भीर रूपले घटनाक्रमलाई हेरिराखेका छौँ’, उनले भने, ‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ, हामीले धेरै बल गर्नै पर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad