कोशी


चिनियाँ विज्ञ टोली कोसी प्रदेशमा लगानीको सम्भावना खोज्दै

चिनियाँ विज्ञ टोली कोसी प्रदेशमा लगानीको सम्भावना खोज्दै

सुमन सुस्केरा
पुस २७, २०८१ शनिबार १७:४०, विराटनगर

कोसी प्रदेशका विभिन्न जिल्लाको सम्भावना बुझ्न नेपाल आएको चिनियाँ विज्ञहरूको टोली सङ्खुवासभा पुगेको छ। चिनियाँ कम्पनी जीसीएल र पावर चाइनाको संयुक्त टोली मिस्टर वाङको नेतृत्वमा कोसी कोरिडोर अन्तरगत सङ्खुवासभा हुँदै  किमाथांकातर्फ लागेको हो।
  
विज्ञ टोलीमा जीसीएलका मिस्टर वाङ र पावर चाइनाका मिस्टर लिउसहित ११ जना रहेका छन्। टोलीका अन्य सदस्यहरुमा हाइड्रोपावर इन्जिनियरहरु चेन याङ, लियु योङ्झाइ, ली विङगोङ रहेका छन्। 

त्यस्तै निर्माणसम्बन्धी विज्ञ झाओ लानसेङ्ग, जियोलजिस्ट ली झिमिन, जलविज्ञान सम्बन्धी विज्ञ ही याङ र निर्माण संयोजकनसम्बन्धी वाङ चीनस्य रहेका छन्। निर्माण व्यवस्थापनसम्बन्धी विज्ञ झ्याङ निङ्ग, हाइड्रोपावर प्रविधि व्यवस्थापन विज्ञ सेन डोङफेन र हाइड्रोपावर इन्जिनियर वाङ झ्याङलीन पनि टोलीमा छन्। चिनियाँ टोलीमा एक जना गाइड, एक जना डाक्टर र ८ जना भरियाहरु पनि रहेका छन्। 

चिनियाँ  विज्ञहरू कोसी प्रदेशको पर्यटन, कृषि र ऊर्जाको सम्भावनाको खोजीमा नेपाल आएका हुन्। टोलीमा भूगर्भ, हाईड्रो, वातावरण लगायतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरू सहभागी रहेको सीएनआईका उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए। 

टोलीले कोसी प्रदेशमा चिनियाँ लगानीको सम्भावनाको खोजी गर्ने उनको भनाइ छ। ‘उनीहरूको प्राथमिकता ऊर्जा, पर्यटन र कृषि हो’, घिमिरेले भने, ‘ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्दै टोली अरुण हुँदै किमाथांका पुग्नेछ।’ 

टोली बिहीबार विराटनगरमा कोसी प्रदेशका मुख्यमन्त्री, मन्त्री, दलका नेताहरू तथा विराटनगर महानगरपालिकाका मेयरलाई भेटेर शुक्रबार खाँदवारी पुगेको हो। 

चिनियाँ टोली बाग्मती, गण्डकी, कर्णाली लगायका क्षेत्रमा लगानीको सम्भावनाको खोजी गर्दै आएको थियो। सोही क्रममा कोसीमा आएको चिनियाँ टोली माघ ५ गते काठमाडौँ फर्किनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad