सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल-गाईघाट खण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिजमा यही महिनादेखि यातायात सञ्चालन हुने भएको छ।
बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेकाले र ४/५ दिनभित्रै यातायातका लागि प्रयोगमा ल्याउने तयारी भइरहेको खोटाङका पूर्वसांसद विशाल भट्टराईले जानकारी दिएका छन्।

भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले यसअघि भारतीय र नेपाली प्राविधिक मिलेर फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बनाउने घोषणा गरेका थिए। तर यसका लागि स्रोतसाधन नपुगेको भन्दै छोटो बेलिब्रिज बनाइएको हो।
पहाडी जिल्ला खोटाङलाई तराईसँग जोड्ने प्रमुख नाका फोक्सिङटारको पुल बनेको २ वर्षमै सुनकोसीको बाढीले बगाएपछि बेलिब्रिज बनाउनुपरेको हो। बाढीले बगाएको त्यो पुल बनाउन १२ वर्ष लागेको थियो।
327
Shares

प्रतिक्रिया