कोशी


संखुवासभामा टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु, २ घाइते

संखुवासभामा टिपर दुर्घटना हुँदा २ भारतीय मजदुरको मृत्यु, २ घाइते

प्रतीकात्मक तस्बिर


रासस
कात्तिक १५, २०८१ बिहिबार ९:४१, संखुवासभा

संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनाका दुई जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु-५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब  उपरीक्षक  दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको उनले बताए। 

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरू पनि भारतीय नागरिक नै हुन्। उनीहरू खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचाररत छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad