ad ad

कोशी


कोसी प्रदेशले ‘चिया सम्मेलन’ गर्ने

कोसी प्रदेशले ‘चिया सम्मेलन’ गर्ने

नेपालखबर
साउन २७, २०८१ आइतबार २०:३१, काठमाडौँ

कोसी प्रदेश सरकारले पर्यटन वर्ष र चिया सम्मेलनको तयारी गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मञ्च कोसीका पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो जानकारी दिएका हुन्।

सरकारले कोशी प्रदेशको लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

यस्तै नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने उनको भनाइ छ। यस्तै पर्यटन र कृषिको क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रित हुने उनले बताए।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकार विस्तार हुन भदौ लाग्न सक्ने बताए।

उनले आवश्यकताका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने पनि उल्लेख गरे। अहिले कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन्।

मुख्यमन्त्री कार्कीले स्थानीय तहले पर्यटक गाडीलाई पालिकैपिच्छे कर लिने प्रचलन हटाउन पहल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .