ad ad

सुदूरपश्चिम


हिंस्रक बाघ दोधारा चाँदनीको उखुबारीमा, नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली आउँदै

हिंस्रक बाघ दोधारा चाँदनीको उखुबारीमा, नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली आउँदै

नेपालखबर
साउन १७, २०८१ बिहिबार १५:५६, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा मान्छेलाई आक्रमण गरेको बाघ उखुबारीमा लुकेको छ।

ड्रोन उडाएर खोजी गर्दा बाघ घटनास्थल नजिकैको उखुबारीमा देखिएको हो।

हिंस्रक बाघ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती पनि घटनास्थलमा छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरका अनुसार बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आउँदैछ।

डार्ट गरेर बाघलाई नियन्त्रणमा लिइन्छ।

बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .