कोशी


इलाम उपनिर्वाचन : किराँत धर्मगुरु आत्मानन्दको वडामा मुढालाई १०३२ मत, अरूलाई कति?

इलाम उपनिर्वाचन : किराँत धर्मगुरु आत्मानन्दको वडामा मुढालाई १०३२ मत, अरूलाई कति?

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम


नेपालखबर
बैशाख १७, २०८१ सोमबार १२:१४, फिक्कल (इलाम)

प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ।

हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पछिल्लो नतिजाअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढ्दो क्रममा छ।

सत्ताइस हजार ६ सय १५ मत गनिसक्दा सुहाङ ३ हजार ७ सय ५४ मतान्तरले अगाडि छन्।

नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम (मुढा चिह्न) ले ६ हजार ९ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु १ हजार ५ सय १२ मतसहित चौथोमा सीमित छन्। 

माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्याशित मत परिणाम आएको छ।

यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले १ हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत पनि कटाएनन्।

सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे। 

रास्वपाका लिम्बूले ३ मत मात्र पाएका छन्। सो वडामा किराँत धर्मगुरु आत्मानन्द लिङ्देन बसोबास गर्छन्। 

अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए।

इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .