ad ad

कोशी


५ दिनदेखि बेपत्ता ८२ वर्षीया नरमायाको शव घरनजिकै गाडिएको भेटियो, नातिसहित ४ जना पक्राउ

५ दिनदेखि बेपत्ता ८२ वर्षीया नरमायाको शव घरनजिकै गाडिएको भेटियो, नातिसहित ४ जना पक्राउ

नेपालखबर
चैत १, २०८० बिहिबार १३:५२, दमक (झापा)

झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या गरेको आरोपमा नातिसहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई अनुसन्धानका लागि बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

उनका अनुसार यही फागुन २५ गते राति ८२ वर्षीया हजुरआमा नरमाया विकलाई पैसा नदिएको निहुँमा लागुऔषध खाएका नाति धिरजले अन्धाधुन्द रडले हानेका थिए। 

रड प्रहारबाट ज्यान गुमाएकी हजुरआमालाई नाति धिरजसहित चारैजनाले मिलेर घर नजिकैको ग्वालीमा गाडेका थिए। पक्राउ परेका अभियुक्त धिरजले प्रहरीसमक्ष हजुरआमाको हत्या स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। 

पाँच दिनदेखि आमा हराइरहेको भन्दै वृद्धाका छोरा रमेश विकले बुधबार बिहान इलाका प्रहरी कार्यालय गौरादहमा उजुरी दिएका थिए।

उजुरीलगत्तै अनुसन्धानका क्रममा शवसहित चारै जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .