ad ad

कोशी


कोशीको मुख्यमन्त्रीमा माओवादी सांसद आङ्बोको दाबी पेस

कोशीको मुख्यमन्त्रीमा माओवादी सांसद आङ्बोको दाबी पेस

नेपालखबर
असोज २५, २०८० बिहिबार १७:४४, काठमाडौँ

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्र आङ्बोले दाबी पेस गरेका छन्। बिहीबार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका हुन्।

माओवादी संसदीय दलका नेतासमेत रहेका आङ्बोलाई सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा अघि सार्ने शीर्ष तहका नेताहरूले आजै मात्र निर्णय गरेका थिए। 

सोही अनुसार उनले प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गरेका हुन्। 

सत्ता गठबन्धनका चारदलसँग कोशी प्रदेश सभामा ४७ सांसद छन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।

कोशीमा कांग्रेस दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेपनि विश्वासको मत नपाएपछि सरकार ढलेको थियो।

त्यही भएर यसपटक उपधारा ५ अनुसार माओवादी केन्द्रका आङ्बोलाई अघि सारेर सरकार गठन गर्ने गठबन्धनले निर्णय गरेको हो।

आङ्बोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समेत समर्थन गर्ने गठबन्धनको विश्वास छ। राप्रपाले कोशी प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार विहान ८ बजे केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .