ad ad

ग्लोबल


इजरायलमा ‘वार क्याबिनेट’ गठन, ‘हमासलाई सिध्याउने’ वाचा

इजरायलमा ‘वार क्याबिनेट’ गठन, ‘हमासलाई सिध्याउने’ वाचा

नेपालखबर
असोज २५, २०८० बिहिबार १७:५०,

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले संकटकालीन ‘वार क्याबिनेट’ गठन गरेका छन्। शनिबार हमासले गरेको आक्रमणपछि विपक्षी नेसनल युनिटी पार्टीका नेता बेनी गान्ट्जलाई उनले सरकारमा भित्र्याएका हुन्। 

यो वार क्याबिनेटका प्रमुख नेताहरुमा नेतन्याहु, गान्ट्ज र नेतन्याहुकै पार्टीका रक्षामन्त्री योहब गालान्ट हुन्।

गान्ट्ज पूर्व सेनाप्रमुख पनि हुन्। उनलाई कुनै जिम्मेवारी तोकिएको छैन। तर, युद्धसम्बन्धी निर्णय यी तीन जनाले गर्नेछन्।

बुधबार साँझ वार क्याबिनेट गठनलगत्तै उनीहरुले तेल अबिबस्थित सैन्य मुख्यालयबाट राष्ट्रका नाममा सम्बोधन गरे। उनीहरुले गाजाको ‘रणनीतिक यथार्थ’ परिवर्तन गर्ने वाचा गर्दै हमासलाई नामेट पार्ने बताएका छन्।

‘इजरायल एकताबद्ध छ र अब नेतृत्व पनि एकताबद्ध भएको छ। हामीले आफ्ना सारा मतभेदहरुलाई छेउ लगाएका छौँ किनभने मुलुको भविष्य अनिश्चित बनेको छ,’ नेतन्याहुले भने।

युद्ध सुरु हुनुअघि नेतन्याहुले चर्को विरोधको सामना गरिरहेका थिए। उनीविरुद्ध भ्रष्टाचारको मुद्दा पनि अदालतमा विचाराधीन छ।

गाजामा इजरायलले नाकाबन्दी कठोर पार्दै लगेको छ। एकोहोरो बमवर्षाका बीचमा इन्धन, बिजुली, पानी, खाद्यान्न र औषधि अभाव हुन थालेको बताएइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .