कोशी


कोशी प्रदेशसभामा एमालेको आरोप– उपसभामुखबारे सत्ता पक्षले नाटक मञ्चन गर्‍यो

‘आजको दिन कसरी ऐतिहासिक भयो?’
कोशी प्रदेशसभामा एमालेको आरोप– उपसभामुखबारे सत्ता पक्षले नाटक मञ्चन गर्‍यो

नेपालखबर
भदौ ४, २०८० सोमबार १६:३७, काठमाडौँ

कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपभाामुख सिर्जना दनुवारले सभाध्यक्षका लागि कानुनसम्मत मार्ग प्रशस्त गरेर जाँदा पनि सत्ता पक्षले नाटक मञ्चन गरेको आरोप लगाएको छ।

मुख्यमन्त्री उद्धव थापाले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त आरोप लगाएका हुन्। 

‘एकजना सम्माननीय पदमा बस्नुभएको उपसभामुख, जसले सभाध्यक्षको लागि कानुनसम्मत मार्ग प्रशस्त गरिदिएर अस्पतालमा जानुभएको छ,’ उनले बैठकमा भने, ‘उहाँकाबारे नाटकमञ्चन, नाटकमञ्चन,नाटकमञ्चन। यो नाटकमञ्चन आज भयो कि हिजो भयो?’

उनले यसअघि सभामुख बाबुराम गौतमले पद हुँदाहुँदै प्रदेशसभामा संविधानको खिल्ली उडाएको पनि उनले बताए। 

उनले कसैको स्वास्थ्य संवेदनशीलतामाथि हल्का टिप्पणी गर्न नहुने पनि उनले बताए।

‘स्मरण गरौं, सभामुखको पद छँदाछँदै हैन तपाईं त प्रदेशसभा सदस्य हो भनेर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले बिर्संदैन। मैले होइन सर्वोच्च अदालतले भनेको हो,’ भण्डारीले बैठकमा भने। 

साथै उनले आजको दिन कसरी ऐतिहासिक बनेको भन्दै प्रश्न समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad