ad ad

कोशी


ट्रयाक्टर चढेर विद्यालय गएका दुई बालिकाको खसेर मृत्यु, दुई जना घाइते

ट्रयाक्टर चढेर विद्यालय गएका दुई बालिकाको खसेर मृत्यु, दुई जना घाइते

नेपालखबर
जेठ ३, २०८० बुधबार १४:४५, विराटनगर

ट्रयाक्टर चढेर विद्यालय गइरहेका दुई बालिकाको दुर्घटनामा परि मृत्यु भएको छ।

मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिको भारपामा ट्रयाक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरका अनुसार १३ वर्षीय पुजना सुवेदी र ९ वर्षीय गंगा सुवेदीको मृत्यु भएको हो। ड्

राइभर सिटको छेउमा रहेका बालिका ट्रयाक्टरबाट झरेपछि ट्रयाक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बालिकाको मृत्यु भएपछि चालक भाग्दा ट्रयाक्टर दुर्घटना भएको छ। त्यसक्रममा डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाइते भएका छन्। घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

विद्यालय जाने क्रममा ट्रयाक्टरमा ११ जना विद्यार्थी चढेका थिए। तीब्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ। ट्रयाक्टरका चालक तथा सहचलाक फरार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .