ad ad

कोशी


हर्क साम्पाङविरुद्ध अख्तियारमा उजुरी

हर्क साम्पाङविरुद्ध अख्तियारमा उजुरी

नेपालखबर
बैशाख ७, २०८० बिहिबार २०:१४, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

मेयर साम्पाङले सञ्चानल गरिरहेको खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेका हुन्। 

यो कुरा मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले यस विषयमा आफूलाई सहयोग गर्न धरानवासीसहित आम नेपाली नागरिकसँग अनुरोधसमेत गरेका छन्।

‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्’, मेयर साम्पाङले बिहीबार लेखेका छन्, ‘यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो।’

उनले आफूविरुद्ध केही वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताएका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही वडाध्यक्षहरू अख्तियार गएर हाम्ले चलाइराको खानेपानी सहयोग अभियानको विरुद्ध मलाई उजुरी लाएछन्।’

तर यसबाट आफूलाई कुनै फरक नपर्ने दाबी पनि उनले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .