गण्डकी


पोखरा महानगरको डोजरले च्यापिएर चालकको मृत्यु

पोखरा महानगरको डोजरले च्यापिएर चालकको मृत्यु

नेपालखबर
बैशाख ७, २०८० बिहिबार २०:१६, पोखरा

पोखरा महानगरले अस्थायी फोहर व्यवस्थापन गर्दै आइरहेको पोखरा ३२ लामेआहालमा डोजरले च्यापिएर चालकको ज्यान गएको छ। 

फोहर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजर स्टार्ट अवस्थामै छाडेर अगाडि गएका चालक मुसाफिर दास तत्मा च्यापिएको महानगरको सरसफाइ शाखाले पुष्टि गरेको छ। 

मुसाफिर त्यहाँ लगिएको फोहर पुर्ने काम गर्थे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा १४ मा रहेको ल्याण्डफिल साइट बन्द गराएर सेती किनारको लामेआहालमा फोहर व्यवस्थापन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad