ad ad

कोशी


मुख्यमन्त्रीसँग माओवादीको आग्रह– कोशी नामप्रतिको असन्तुष्टिलाई वार्ताबाट समाधान गरियोस्

मुख्यमन्त्रीसँग माओवादीको आग्रह– कोशी नामप्रतिको असन्तुष्टिलाई वार्ताबाट समाधान गरियोस्

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो


नेपालखबर
चैत २२, २०७९ बुधबार ९:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम राखिएपछि असन्तुष्ट पक्षका मागलाई वार्ताका माध्यमबाट समाधान गर्न मुख्यमन्त्रीसँग आग्रह गरेका छन्। 

प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधर आक्रोशित छन्। उनीहरू आन्दोलनरत छन्। यस क्रममा एकजनाको मृत्युसमेत भइसकेको छ। 

माओवादी केन्द्रका नेता आङ्बोले बुधबार बिहान सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री हिक्मत कार्कीलाई शान्तिपूर्ण ढंगबाट असन्तुष्ट पक्षको माग सम्बोधन गर्न अनुरोध गरेका हुन्। 

‘फेरि पनि प्रदेश सरकार (मुख्यमन्त्री) सँग मेरो आग्रह छ। सडकमा देखिएको असन्तुष्टिलाई शान्तिपूर्ण ढंगले वार्ता-संवाद्‌बाटै समाधान गर्न तत्काल पहल होस्’, उनले भनेका छन्, ‘अविलम्ब वार्ता टोटी गठन गरी संवादको सुरुवात गरियोस्।’

गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेश–१ को नाम बहुमत सदस्यले ‘कोशी’ पारित गरेको हो। पहिचान पक्षधर मानिएको जसमा माओवादी केन्द्रले पनि सहमति जनाएको छ। तर उक्त नामप्रति असन्तुष्टि जनाउँदै प्रदेशका पहिचानवादी दल तथा विभिन्न जातिय संठगनले राजधानीलगायत प्रदेशका विभिन्न स्थानमा आन्दोलन गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .