कोशी प्रदेश सरकारले पहिचान पक्षधरको जनप्रर्दशनमा प्रहरीको कुटाइबाट मृत्यु भएका पदमबहादुर लिम्बूको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्बूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।
विराटनगरमा कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै गत चैत ५ गते भएको जनप्रदर्शनमा प्रहरीको कुटाइबाट लिम्बू घाइते भएका थिए। उनको धरानस्थित विपी कोईरालन स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न केन्द्र सरकारले छानबिन समिति गठन गरेको छ। उक्त समितिलाई पनि सहजीकरण गर्ने कोशी प्रदेश सरकारले निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया