मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको कटहरी गाउँपालिका–४ स्थित रंगेली विराटनगर सडकको जुडीपुलमा को. २ प ३५३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको हो।
दुर्घटनामा चालक धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
चैत १३, २०७९, साेमबार
प्रतिक्रिया