ad ad

कोशी


विराटनगरको अवस्था सामान्य बन्दै

विराटनगरको अवस्था सामान्य बन्दै

नेपालखबर
चैत ५, २०७९ आइतबार १६:२०, विराटनगर

प्रदेश नामकरणविरुद्ध आन्दोलन चर्किएको विराटनगरको अवस्था सामान्य बन्दै गएको छ। 

कोशी नामविरुद्ध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर समूहहरुले विरोध प्रदर्शनपछि कोणसभा गरिरहेका छन्। विरोध सभालाई पहिचानवादी नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ।

रोडशेष चौक क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। सुरक्षा व्यवस्था बिग्रिन नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरी सडकमा उत्रिएको छ। 

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएपछि आइतबार विराटनगरमा हवाइ फायर गर्नुका साथै प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। 

त्यसक्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .