नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आम्ङ्बोले प्रदेश १ को नामाकरणको बारेमा प्रदेशलाई अब बन्धक बनाउने पक्षमा माओवादी पार्टी नरहेको बताएका छन्।
प्रदेश सभाको बैठकको कोशी प्रदेश बनउने बारेमा छलफलमा सहभागी हुँदै आङ्म्बोले कोशी प्रदेशको प्रस्तावमा माओवादीले भोट हाल्ने बताए।
उनले नामका विषयको गतिरोध अन्त्यका लागि माओवादीले कोशी प्रदेशलाई समर्थन जनाएको बताए।
आङ्बोले पहिचान पक्षधरको बहुमत आए नाम फेर्न सकिने बताए।
प्रदेशसभाको दोस्रो कार्यकालमा पहिचानवादी सांसदको संख्या कम भएकाेले पहिचानका आधारमा नाम राख्न सकिने अवस्था नभएको उनको भनाई छ।

प्रतिक्रिया