नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामाकरणको प्रस्तावमा कांग्रेसको पूर्ण समर्थन रहेको बताए।
प्रदेश सभाको आजको बैठकमा नामाकरणबारेको छलफलमा भाग लिँदै उनले कोशी प्रदेश राख्ने प्रस्तावमा पार्टीको समर्थन रहेको बताए।
उनले कुनै जातिको नाममा प्रदेशको नामकरणको मुद्दा बोकेका पार्टी खुम्चिँदै गएकाले अब जात र सम्प्रदायको कुरा कहीँपनि समावेश गर्न नहुने बताए।
एमालेका राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित गरेपछि प्रदेश सभामा कोशी प्रदेशको बारेमा छलफल जारी छ।
यसअघि ‘किरात–लिम्बूवान–सगरमाथा’ प्रदेशको प्रस्ताव अस्वीकृत भएको छ।
कोशी प्रदेश नामाकरणको प्रस्तावमा एमाले, माओवादी र कांग्रेसको समर्थन छ।

प्रतिक्रिया