कोशी


प्रदेश १ : ‘किरात–लिम्बूवान–सगरमाथा’ को प्रस्ताव अस्वीकृत

प्रदेश १ : ‘किरात–लिम्बूवान–सगरमाथा’ को प्रस्ताव अस्वीकृत

नेपालखबर
फागुन १७, २०७९ बुधबार १५:५०, विराटनगर

प्रदेश १ को प्रदेश सभा बैठकमा ‘किरात लिम्बूवान सगरमाथा’ नामाकरण गर्ने प्रस्ताव अस्वीकृत भएको छ।

नेकपा (एमाले)का राम रानाले प्रस्ताव गरेको कोशी प्रदेश बहुमतले पारित भएपछि किरात लिम्बूवान र सगरमाथा प्रदेशको प्रस्ताव अस्वीकृत भएको हो।

कोशी प्रदेश नामाकरणको प्रस्ताव एमाले, माओवादी केन्द्र र कांग्रेसको समर्थन रहेको छ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले संयुत्तरुपमा प्रदेशको नाम कोशी राख्नु पर्ने प्रस्ताव प्रदेश सभासमक्ष दर्ता गराएका थिए। 

एमालेका रामकुमार राना प्रस्तावक थिए भने एमालेकै निरन राई र कांग्रेसका संसद भूमि राजवंशीले समर्थन गरेका छन्। 

त्यसैगरी ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको थियो।

नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .