कोशी


धनकुटाको सिधुवा बजारमा आगलागी, तीन घर जले

धनकुटाको सिधुवा बजारमा आगलागी, तीन घर जले

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २०:३९, विराटनगर

धनकुटाको सिधुवा बजारमा भिषण आगालागी भएको छ।

छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा शुक्रबार साँझ लागेको आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ।

वडाअध्यक्ष दिपक गुरुङले आगलागी नियन्त्रण बाहिर रहेकाले धनकुटा नगरपालिका र लालिगुराँस नगरपालिकाको दमकल मगाइएको बताए।

वडाअध्यक्ष गुरुङका अनुसार आगलागीबाट चार घर जलेर पूर्णरूपमा क्षति भएको र बजारका घरहरु जोखिममा रहेका छन्।

स्थानीय होम बहादुर थापा, डम्बर थापा, झमक थापा र अर्जुन घिमिरेको घर जलेको हो। झमक थापाको घरमा रहेको धिरेन फ्रेस हाउसबाट आगलानी शुरु भएको भएको थियो।

वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भएपनि ग्यासका सिलिन्डर पड्केको कारणले समस्या भएको उनले बताए।

आगलागीको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .