गण्डकी


युद्धकला जानेका कृष्ण धिताल गण्डकीको सभामुख बन्दै

युद्धकला जानेका कृष्ण धिताल गण्डकीको सभामुख बन्दै

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २०:४६, पाेखरा

गोरखा १ ‘क’ बाट विजयी सांसद कृष्ण धिताल गण्डकीको सभामुख हुने भएका छन्।

माओवादी संसदीय दलको शुक्रबार साँझ सम्पन्न बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। शनिबार दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने कार्यक्रम छ। 

सत्ता गठबन्धनले गण्डकीको सभामुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ। सत्ता गठबन्धनसँग बहुमत अर्थात् ३२ सांसद छन्। ६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुन्।

२०५२ सालमा परिवारसहित भूमिगत बनेका उनलाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो। भारतमा उनले बम र बारुद बनाउने तालिम लिए। जनयुद्धकालीन समयमा उनी बम बनाउने दस्तामा काम गर्थे। 

भेटेनरीमा आइएस्सी गरेका धिताल एक समय सरकारी जागिरे थिए। २०४९ सालमा कर्मचारी आन्दोलनमा होमिएको आरोपमा उनको जागिर गयो। त्यसपछि उनी निरन्तर माओवादीमै सक्रिय रहे।

पार्टीमा हुँदा उनले कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर काम गरेका थिए। उनी माओवादीको केन्द्रीय सदस्य तथा गोरखाको इन्चार्ज हुन्।

२०७० सालमा समानुपातिकबाट संसद छिरेका धितालले प्रत्यक्षमा भने पहिलोपटक चुनाव लडेका थिए। उनले एमाले उम्मेदवार सुरेन्द्र थापालाई ५ हजार ६३५ मतान्तरले पराजित गरेका थिए।

कांग्रेसले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन। अघिल्लो पटक सभामुखमा उम्मेदवारी नै नदिएको कांग्रेस यो पटक भने उम्मेदवार खडा गर्ने तयारीमा रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad