कोशी


प्रदेश १ मा सत्ता र विपक्षी दुवैले गराए उपसभामुखको उम्मेदवारी दर्ता

प्रदेश १ मा सत्ता र विपक्षी दुवैले गराए उपसभामुखको उम्मेदवारी दर्ता

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १७:६, विराटनगर

प्रदेश १ को उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी सिर्जना दनुवारले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट लिला राईको उम्मेदवारी परेको प्रदेश सभा सचिवालयले जनाएको छ।

एमालले उदयपुरकी दनुवारको नारायणबहादुर मगर समर्थक र तिलचन पाठक प्रस्तावक रहेका छन्। 

उपसभामुखमा उम्मेदवारी दिने दुवै जना उदयपुरका हुन्।

प्रदेश सभा सचिवालयले बिहीवार उपसभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचनको पुस ३० गते ११ बजेका लागि तोकिएको छ।

दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ। 

एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ सिट रहेको छ।  

विपक्षी दलहरुमा कांग्रेसको २९ र नेकपा (एकीकृत समाजवादी) का ४ गरी २५ सांसद रहेका छन्।

९२ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्।

केन्द्रमा भएको सहमति अनुसार उपसभामुख एमालेको भागमा परेको हो। सभामुख र उपसभामुख चयन गर्दा दुईमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था धारा १८२ को २ मा उल्लेख छ। जस अनुसार सभामुखमा गौतम चयन भइसकेकाले अब उपसभामुख महिलाले पाउनेछन्। 

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेश सभाका सभामुख र उपसभामुखको चयन प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र गर्ने व्यवस्था छ। 

प्रदेश १ प्रदेश सभाको पहिलो बैठक गएको पुस १७ गते बसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad