ad ad

अपराध


रुपन्देही र कपिलवस्तुमा हत्या गरी भागेका तीनजना पक्राउ

रुपन्देही र कपिलवस्तुमा हत्या गरी भागेका तीनजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १७:१२, काठमाडौँ

रुपन्देही मायादेवी गाउँपालिका ७ बस्ने भीम बहादुर यादवको हत्या आरोपी तीनजना ललितपुरबाट पक्राउ परेका छन्। 

घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही मायादेवी गाउँपालिका ७ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भन्ने रामनरेश यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

२०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरा समेत प्रहार गरी हत्या गरेको घटनामा संलग्न रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जको टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाइएको छ।

यसैगरी यसैगरी कपिलवस्तु वाणगंगा ८ सिद्धिपुर चोक बस्ने बिष्णु प्रसाद पाण्डेको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कपिलवस्तु शिवराज नगरपालिका९६ गौराबारी घर भएका ५० वर्षीय तौलेश्वर चौधरी र त्यही नगरपालिका ५ चनौटा घर भएका ४८ वर्षीय बाबु खाँ मुसलमान भन्ने सहबाद आलम खाँ छन्। 

२०६५ असोज ९ गते बिहान कपिलवस्तु भलवारी बहादुरगन्जस्थित तौलिहवा जाने हुलाकी सडकमा विष्णुको शव फेला परेको थियो। 

उक्त घटनामा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमध्ये तौलेश्वर चौधरीलाई कपिलवस्तु शिवराज नगरपालिका ६ विरपुरमा र सहबाद आलम खाँ लाई शिवराज नगरपालिका ५ चनौटामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .