ad ad

राजनीति


संसद विघटन सही या गलत अब सरोकारको विषय रहेन : प्रचण्ड

संसद विघटन सही या गलत अब सरोकारको विषय रहेन : प्रचण्ड

संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार १६:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७७ र २०७८ मा एक एक पटक भएको संसद विघटन अब सरोकारको विषय नरहेको बताएका छन्। 

मंगलबार संसद बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

'संसद विघटन सही या गलत थियो भन्ने हाम्रो गठबन्धनको सरोकार होइन', उनले भने, 'हामीले जतिबेला संविधनसभाबाट संविधान बनयाौँ। त्यसबेला विगतका विघटनका अनुभव पनि ख्याल गरेकै हो।'

उनले आउने दिनमा सदनलाई सर्वोपरि बनाउने कुरामा सहमति नै रहेको पनि बताए। '२०७२ को संविधान परिमार्जन नहुँदासम्मत त्यसैअनुसार अघि बढ्न तयार छौँ', उनले भने, 'संविधानको भावनाभन्दा दायाँबायाँ गर्ने छुट हामीलाई छैन। अहिले हाम्रो सरकारलाई असाधारण समर्थनको अवस्था देखिएको छ। यो हाम्रा लागि चुनौती र अवसर दुवै हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .