ad ad

कला


कानुन नमान्ने व्यक्तिको कथामा सुशिल श्रेष्ठ

कानुन नमान्ने व्यक्तिको कथामा सुशिल श्रेष्ठ

नेपालखबर
पुस १७, २०७९ आइतबार ९:५३, काठमाडौँ

रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ। निर्माण टिमले अंग्रेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो। साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’  पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुने छ। विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्ने छ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्ने छ। सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन्। त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनैपनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन्।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टर समेत हुन्। संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० बर्ष मुनिका युवाहरु छन्।

निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए। उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए।

उनले भने, ‘चलचित्रको कथा असाध्यै दमदार छ। युथ टार्गेट स्टोरी कथामा निर्माण हुने चलचित्र मेकिङ टिममा धेरैजसो पढेका र युथ भएकाले चलचित्रको आउटपुट राम्रो निस्कने विश्वास छ।’

नविन गुरुङ चलचित्रका डिओपी हुन्। २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .