ad ad

कोशी


चर्को ब्याजदर र ‘प्रतिकूल बैकिङ नीति’ विरुद्ध विराटनगरका व्यवसायी आन्दोलित

चर्को ब्याजदर र ‘प्रतिकूल बैकिङ नीति’ विरुद्ध विराटनगरका व्यवसायी आन्दोलित

नेपालखबर
पुस ६, २०७९ बुधबार १९:७, विराटनगर

चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध विराटनगरका उद्योगी व्यवसायी आन्दोलनको घोषणा गरेका छन्।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ लगायतका दुई दर्जनभन्दा बढी संघ संस्थाले आज पत्रकार सम्मेलन गरि  बिहीबारदेखि बन्द हड्तालमै उत्रिने लगायतका कार्यक्रम  सार्वजनिक गरेका हुन्।

उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। 

उद्योगी व्यवसायीहरुका दुई दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, बिहीबार एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेका छन्।

उद्योगी व्यवसायीहरुले पाँच सुत्रीय माग अघि सार्दै चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने,एकल अंकको ब्याजदर कायम गर्नुपर्ने,स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बन्द हड्तालमा उत्रनु रहर नभएर बाध्यता भएको बताउदै घिमिरेले भने ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो। हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .