ad ad

कोशी


ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ७:२३, ताप्लेजुङ

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए। 

प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .