कोशी


ल्याण्डफिल साइटमा शौचालयको फोहोर फाले कारबाही

ल्याण्डफिल साइटमा शौचालयको फोहोर फाले कारबाही

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १८:३३, विराटनगर

विराटनगर महानगरपालिकाले विराटनगर–६ स्थित ल्याण्डफिल साइटमा घरको सेप्टिकट्यांकीबाट निकालेको ढल फ्याँक्न निषेध गर्ने निर्णय गरेको छ। 

खुल्ला रुपमा सेप्टिकट्यांकीको ढल फ्याँक्दा वातावरण दुर्गन्धित भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । 

स्थानीयको गुनासोपछि महानगरले केशलिया पुल नजिकै रहेको ल्याण्डफिल साइट सेप्टिकट्यांकीको ढल फ्याँक्न निषेध गरेको हो। 

शौचालयको फोहोर सेफ्टीट्यांकीमा राखेर ल्याण्डफिल्ड साइट लगेर फ्याँक्ने गरिएको थियो। जसले आसपासको क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै झिंगाले समेत दुःख दिएको भन्दै स्थानीयले महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए। 

महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर छलफलसमेत गरेको छ। उक्त स्थान साझेदार संस्थाले भाडामा लिएर फोहोर व्यवस्थापन गर्दै आएका छन्। 

ल्याण्डफिल्ड साइडमा सेप्टिकट्यांकीको फोहोर फ्याँक्न नदिन साझेदार संस्थाका प्रतिनिधि पनि सहमत भएका छन् । 

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहितको साझेदार संस्थाका प्रतिनिधिसँगको बैठकले महानगरको फोहोर संकलनका क्रममा तोकिएको शुल्कभन्दा बढी लिएको पाइए कडा कारबाही गर्ने निर्णय समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad