कोशी


झापामा १३ लाखसहित पक्राउ

झापामा १३ लाखसहित पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ ११, २०७९ शनिबार ७:२४, झापा

प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६० हजारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका– १ निवासी ५४ वर्षीय तेजबहादुर गणेश छन्। विशेष सूचनाका आधारमा उनलाई इलाका प्रहरी कार्यालय (कुमरखोद) को प्रहरी टोलीले नेपाल–भारत सीमास्थित लसुना बोर्डरबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय (झापा) ले जनाएको छ। 

नगद लिएर भारतबाट नेपाल आइरहेका गणेश प्रहरीको टोली देखेपछि नजिकै रहेको घरतिर भागेका थिए। गणेशलाई घर नजिकैबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गणेशका साथबाट एक हजार दरका नौ सय नोट, पाँच सय रुपैयाँका नोट आठ सय र एक सय दरका नोट छ सय बरामद भएको बताइएको छ। पक्राउ परेका गणेशलाई राजस्व अनुसन्धान कार्यालय (इटहरी) पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय (झापा) ले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad