कोशी


हर्क साम्पाङलाई ‘६० हजारको’ साइकल उपहार

हर्क साम्पाङलाई ‘६० हजारको’ साइकल उपहार

उपहारमा पाएको साइकलका साथ हर्क साम्पाङ। तस्बिर उनकै फेसबुकबाट।


नेपालखबर
भदौ ६, २०७९ सोमबार ११:४२, काठमाडौँ

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन्। सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङलाई स्कट्ल्यान्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले साइकल दिएका हुन्।

मेयर साम्पाङले आफूले ६० हजार रुपैयाँ मूल्यको साइकल उपहार पाएको बताएका छन्। 

‘छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो। अस्तिको दिन स्कट्ल्यान्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनुभयो यो ६०,००० रुपैयाँ बराबरको साइकल’, उनले साेमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब साइकल प्रतियोगिता आयोजना गर्नुपर्ला पर्यटनको तहत।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad