कर्णाली


नागरिकले अहिलेको गठबन्धनसँग वाक्क भएको बताए : ओली

नागरिकले अहिलेको गठबन्धनसँग वाक्क भएको बताए : ओली

नेपालखबर
मंसिर १७, २०८० आइतबार १७:३९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिने बताएका छन्।

आइतबार महाकाली—मेची अभियानअन्तर्गत दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले सरकारमा छँदा गरिबी घटेको, रोजगारी बढेको र युवाहरु बाहिर जाने क्रम घटेको दाबी गरे। 

एमालेलाई सरकारबाट हटाइएको अढाइ वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आएको, अराजकता छाएको, अर्थतन्त्र कमजोर बनेको र गरिबी, महंगी, युवाहरु विदेशिनुपर्ने र रोजगारी नपाउने क्रम बढेको दाबी गरे। उनले प्रतिगमनतिर फर्किने कुरा गर्नेहरु लोकतन्त्रविरोधी रहेको पनि बताए।

‘आज कोही प्रतिगमनतिर फर्किने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्रबिरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो। आज लोकतान्त्रिक गणतन्त्रकाविरुद्ध कसैले बोल्छ भने सोच्छ भने त्यो नेपाल र नेपालीका हीतमा बोलिरहेको छैन, सोचिरहेको छैन। नेपाल र नेपालीको हित विपरित सोचिरहेको छ। एमाले हटाएको अढाई वर्षमा राजनीतिक रुपले देशमा अस्थिरता आयो, अराजकता छायो, अनेक प्रकारका खराबी छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो, महंगी बढ्यो,’ ओलीले भने, ‘युवाहरू विदेशिनुपर्ने, रोजगारी नपाउने अवस्था बन्यो। एमाले सरकारमा छँदा गरिबी घटेको थियो। रोजगारी बढेको थियो। युवाहरू बाहिर जाने क्रम घटेको थियो। देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार चाहिन्छ, अनिमात्रै देश बनाउन, विकास गर्न, सुशासन ल्याउन सकिन्छ। जनता अहिलेको गठबन्धन सरकारबाट वाक्क, व्यक्क र दिक्क भइसकेको यी ४ दिनमा देखको छु।’

अध्यक्ष ओलीले महाकाली—मेची अभियानका चार दिनमा जनतासँग बुझ्दा गठबन्धनसँग नागरिक वाक्कदिक्क भइसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .