कर्णाली


अध्यक्षमा मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर शाही र प्रेम सिंहले लिए उम्मेदवारी फिर्ता

अध्यक्षमा मीनबहादुरलाई समर्थन गर्दै राजबहादुर शाही र प्रेम सिंहले लिए उम्मेदवारी फिर्ता

फाइल तस्बिर : राजबहादुर शाही र प्रेमबहादुर सिंह


नेपालखबर
असोज १३, २०८० शनिबार १२:४०, सुर्खेत

नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्। 

दुवै नेताले अध्यक्षमा मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बुझिएको छ। 

अब अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ। 

यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन्। 

यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सिचवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दे उम्मेदवारी फिर्ता गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .