कर्णाली


कर्णालीमा गठबन्धन सफल भएको निष्कर्ष, मन्त्रिपरिषद् गठनका लागि केन्द्रको निर्णय कुर्ने

कर्णालीमा गठबन्धन सफल भएको निष्कर्ष, मन्त्रिपरिषद् गठनका लागि केन्द्रको निर्णय कुर्ने

नेपालखबर
मंसिर १६ , सुर्खेत

कर्णाली प्रदेशमा गठबन्धन दलहरूले गठबन्धन सफल भएको निष्कर्ष निकालेका छन्।

सत्तागठबन्धनको बैठकले कर्णालीमा चुनावको समीक्षा गर्दै गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भएपनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो। 

गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पूर्ण रूपमा सफल भएको निष्कर्ष समेत निकालेको छ। 

नेकपा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भएपनि मंसिर ४ को आम निर्वचनमा सफल भएर नै दुई तिहाई बहुमत आएको बताएको हो।

यस्तै, बैठकले जुम्ला जिल्लामा मात्रै गठबन्धनकै आन्तरिक समस्याका कारण असफल भएको र अन्य जिल्लाका निर्वाचन क्षेत्रबाट प्रदेशका २४ निर्वाचन क्षेत्र मध्ये १८ र समानुपातिक सहितको नतिजा हेर्दा गठबन्धनकै बहुमत पुगेको निष्कर्ष निकालेको हो।

बैठकले अब कर्णालीलाई कसरी समृद्ध गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसहितको उपस्थितीमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्। 

कर्णालीमा नयाँ सरकार गठनका लागि भने केन्द्रीय स्तरका नेताहरुको निर्णय कुर्नुपर्ने गठबन्धन दलका नेताहरुको भनाई रहेको छ।

मंसिर १६, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.