ad ad

कर्णाली


सुर्खेत प्रदेशसभा (२) मा माओवादी केन्द्रका विष्ट विजयी

सुर्खेत प्रदेशसभा (२) मा माओवादी केन्द्रका विष्ट विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार २२:४९, काठमाडौँ

सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विन्दमान विष्ट विजयी भएका छन्। उनी १३ हजार ९०९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विष्ट चार हजार ५७९ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकेशर गौतमले नौ हजार ३३० मत प्राप्त गरे। 

यस्तै नेकपा (एकीकृत समाजवादी) का मोहन बढुवालले छ हजार २०९, राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्णबहादुर रेगामी मगरले ७९२ तथा नेपाल मजदुर किसान पार्टीका गगन कामीले ९४ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .