दैलेख निर्वाचन क्षेत्र १ को ख मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णकुमार बिसी विजयी भएका छन्।
बिहीबार विहान सम्पन्न मतगणना अनुसार बिसी १० हजार ५५५ मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका हुन्।
बिसीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रेमबहादुर थापाले ९ हजार ४६८ मत ल्याए।
यहाँ राप्रपाका रणबहादुर सिंहले १ हजार ७०४, टेकबहादुर खाँण (ठेकी) ले ४१६ र नेमकिपाका लक्ष्मीकुमारी सिंहले २०१ मत प्राप्त गरे।
२३ हजार ३४३ मत खसेकोमा १ हजार १० मत सदर भएको थियो।
मंसिर ८, २०७९, बुधबार
प्रतिक्रिया