जाजरकोटबाट नेपाली कामा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्। पहिलो पटक चुनावी मैदानमा होमिएका बुढाले लगातार ३ वटा निर्वाचन जितेको नेकपा माओवादी केन्द्र अर्थात् कम्युनिष्टको किल्लालाई भत्काउन सफल भएका छन्।
निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार बुढाले २० हजार १४२ मत प्राप्त गर्दै विजयीको नाम लेखाए। उनका निकटम प्रतिद्धन्द्धी नेकपाका शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत मात्रै प्राप्त गरे।
एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गर्दै तेस्रो भए। देशभर फैलिएको रास्वपामा भने जाजकोटका चौथो बन्यो। उम्मेदवार राघब कार्कीले २ हजार ४७१ मत प्राप्त गरे। राप्रपाका कृष्णबिक्रम शाहले ३५९ मत प्रात गरे।
शक्तिबहादुर बस्नेतको चौथो जितमा ‘ब्रेक’
यस्तै, कांग्रेसका युवा नेता बुढाले जाजरकोटबाट जित निकाल्दै नेकपाको बस्नेतको चौथो पटक संसद छिर्ने यात्रामा बे्रक लगाइदिएका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव बस्नेत जाजरकोटबाट चौथो पटक उम्मेदवार थिए। संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ र २०७९ को आम निर्वाचनबाट सांसदमा निर्वाचित भएर बस्नेतले ‘ह्याट्रिक’ पार गरेका थिए।
बस्नेत विभिन्न समयमा गरी संघीय सरकारको स्वास्थ्य मन्त्री, गृहमन्त्री, वन तथा वातावरण र उर्जा तथा जलस्रोतमन्त्री समेत भए।
सरकारका विभिन्न मन्त्रिपदमा बसेर लामो अनुभव प्राप्त गरिसकेका बस्नेतमाथि जाजरकोटमा विकास नगरेको अरोप थियो।
बस्नेत ०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन र ०७९ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भएको गठबन्धनबाट उनले चुनाव जितेका थिए।
तर, यस पालीको निर्वाचनमा दलहरु छुट्टा–छुट्टै निर्वाचनमा होमिदा शक्ति बस्नेतको शक्ति मापन भएको हो। यस्तै, गत निर्वाचनमा पनि बस्नेतले एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै ‘ह्याट्रिक’ पार गरे। बस्नेत ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाए।
त्यस्तै, कांग्रेसबाट निर्वाचित युवा नेता बुढा संसदीय निर्वाचनमा नयाँ थिए। नेपाल विद्यार्थी संघबाट राजनीतिको यात्रा तय गरेका शिवालय गाउँपालिका निवासी बुढा हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति जाजरकोटको उपसभापतिको जिम्मेवारीमा छन्।
०६४ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भएका थिए।
‘जेनजी आन्दोलनपछि भएको यो निर्वाचन मेरा लागि फलदायी भयो’, निर्वाचित बुढाले भने, ‘पार्टीका लागि र जेनजी युवा पुस्ताको मागअनुसार योग्य उम्मेदवार थिए, सोही अनुसार नतिजा आयो।’
साथै उनले आफूलाई योग्य उम्मेदवार ठानेर निर्वाचित गराएकोप्रति जाजरकोटका मतदाताहरुलाई धन्यवाद व्यक्त गरे।
१ लाख ८४ हजार ४७९ मतदाता रहेको जाजरकोटमा ६१ हजार ६५७ मत खसेको थियो।
Shares

प्रतिक्रिया