कर्णाली


कर्णालीमा ५५‍.१ प्रतिशत मतदान, डोल्पामा सबैभन्दा बढी

कर्णालीमा ५५‍.१ प्रतिशत मतदान, डोल्पामा सबैभन्दा बढी

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २१:५६, सुर्खेत

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कर्णाली प्रदेशमा ५५.१ प्रतिशत मतदान खसेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको निर्वाचन सेलले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार प्रदेशका विभिन्न जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रदेशभर ५ लाख १० हजार ३१२ महिला, ५ लाख २६ हजार ९३५ पुरुष र ३ अन्य गरी कुल १० लाख ३७ हजार २५० मतदाता रहेका थिए।

तीमध्ये ५ लाख ७७ हजार ४५२ मत खसेको छ। यसअनुसार प्रदेशमा ५५.१ प्रतिशत मतदान भएको देखिएको छ भने ४ लाख ५९ हजार ७९८ मत अर्थात् ४३.९ प्रतिशत मत खसेन।

जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५.७ प्रतिशत मतदान भएको छ। 

हुम्लामा ६४.६ प्रतिशत, मुगुमा ६०.६ प्रतिशत, जुम्लामा ५६.९ प्रतिशत, जाजरकोटमा ५६.८ प्रतिशत, सुर्खेत–२ मा ५७.५ प्रतिशत, रुकुम पश्चिममा ५८.४ प्रतिशत मतदान भएको छ।

यस्तै, सुर्खेत–१ मा ५७.१ प्रतिशत, दैलेख–१ मा ५०.५ प्रतिशत, दैलेख–२ मा ४८.२ प्रतिशत, सल्यानमा ५१.१ प्रतिशत र कालिकोटमा ४९.९ प्रतिशत मतदान खसेको छ।

अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र  मतगणनाको लागि मतपेटिका संकलन कार्य भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad