राजनीति


कास्कीमा मतगणना गर्ने तयारी

कास्कीमा मतगणना गर्ने तयारी

नेपालखबर
फागुन २१, २०८२ बिहिबार २१:५५, पोखरा

मतपेटिका संकलन भएसँगै कास्कीमा मतगणना गर्ने तयारी थालिएको छ। 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा मतपेटिका संकलन भइरहेको छ। केही जिल्लामा मतपेटिका संकलन भइसकेका छन् भने केही जिल्लामा भोलिसम्म संकलन हुने भएका छन्। 

मतपेटिका संकलन भएका जिल्लामा मतगणनाको तयारी थालिएको हो। कास्कीमा पनि मतपेटिका संकलन भइसकेका छन् भने सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने भएको छ। 

तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा तीन ठाउँमा मतगणनाको तयारी गरिएको छ। कास्की-१ को पोखरा महानगरपालिका वडा नं. १२ को वडा कार्यालयमा, कास्की-२ को ड्यामसाइडस्थित सिंचाइ डिभिजन कार्यालयमा र कास्की-३ को मालेपाटनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना गर्ने तयारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad