राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशको मतदान सम्पन्न भएको छ।
निर्धारित समयसम्ममा ७९ वटा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले गरि ९९ पुरूष र ५३ महिला गरि जम्मा १५२ जनाले मतदानमा भाग लिएका छन्।
यस्तै, प्रदेशसभा सांसदहरूमा २५ पुरूष, १४ महिला गरि जम्मा ३९ जना छन्।
यस्तै, कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सांसदहरू मध्ये राप्रपाका एक जना सांसदले मतदानमा भाग लिएनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य सन्तोषि शाहीले मतदानमा भाग नलिएकि हुन्।
पार्टी केन्द्रको निर्णयअनुसार निर्वाचनमा भाग नलिएको सांसद शाहीले नेपालखबरलाई जानकारी दिइन्।
मतदानमा भाग नलिने मतदाताहरू
डोल्पोबुद्व गाउँपालिका अध्यक्ष कार्मा छोइवेल गुरूङ, उपाध्यक्ष पेम्मा धोर्चे गुरूङ र काइके गाउँपालिका उपाध्यक्ष निमा बुढा छन।
डोल्पोबुद्वका अध्यक्ष/उपाध्यक्ष पूर्वनेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने काइके गाउँपालिकाकी उपाध्यक्ष बुढा नेपाली काँग्रेसबाट निर्वाचित हुन्।
यस्तै, पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचपथ जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाही पनि मतदानमा अनुपस्थित छन्।
यस्तै, मतदानमा अनुपस्थित हुनेमा दैलेखको गुराँस गाउँपालिकाकी उपाध्यक्ष सिवाकुमारी खड्का छन्। उनी नेकपा एमालेबाट निर्वाचित हुन। स्वास्थ्य समस्याका कारण उनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
कर्णालीबाट २ जना राष्ट्रिय सभा सदस्य चुनिँदै
कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमाले केन्द्रीय सदस्य मिनासिंह रखाल उम्मदेवार छन् भने नेकपाबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अञ्जु महतारा शाही प्रतिस्पर्धामा छन्।
कर्णाली प्रदेशमा महिलातर्फ सुर्खेतकी सुमित्रा बीसी र अन्यतर्फ जाजरकोटका मायाप्रसाद शर्माको पदावधि फागुनमा सकिँदैछ।
बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

प्रतिक्रिया