आइतबार (माघ ११) गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा दैलेखकी मिनासिंह रखाल निर्वाचित भएकी छन्।
दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले-कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्।
रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन्।
त्यसपछि नेकपा एमाले जिल्ला कमिटी दैलेखको सदस्यहुँदै पार्टी उपसचिव, साविकको भेरी अञ्चलको सदस्यदेखि ३ कार्यकाल नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर पनि रखालले काम गरिसकेकी छन्।
उनी नेकपा एमालेको ९ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य र एमाले-माओवादीबीच भएको एकतापछि नेकपाको पनि केन्द्रीय सदस्य बनेकी थिइन्।
राखलले लामो समय नेकपा एमालेको जनवर्गीय संगठन अखिल महिला संघको केन्द्रीय सचिव भएर पार्टीको गतिविधिमा संलग्न रहेको जानकारी दिइन्।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा समानुपातिकबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।
त्यसपछि पार्टीको जिम्मेवारी दिएको काम निरन्तर खटिएकी रखाल नेकपा एमाले जिल्ला कमिटी दैलेखको सह-इन्चार्ज हुँदै हाल इन्चार्जको भूमिका समेत छन्।
Shares

प्रतिक्रिया